शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र विस्तार

बुधबार, ०५ माघ २०७८, ०८ : ३३
बुधबार, ०५ माघ २०७८

बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरू व्यवस्थित बन्दै गएका छन् । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवर्द्धन केन्द्रको एक समारोहबीच प्रमुख शिवराज सुवेदीले शुभारम्भ गर्दै सेवाग्राहीको आकर्षण बढेकोले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बताए । 

बुटवल वडा नं. २ वडा नं.१५ वडा नं.१६ र वडा नं. १९ मा सहरी स्वास्थ्य केन्द्र व्यवस्थित गरिएको छ । नयाँ संरचनामा शुभारम्भ गरिएका स्वास्थ्य केन्द्रहरू र यसअघि नै व्यवस्थित गरिएका समेत गरी बुटवलमा हाल १२ वटा स्वास्थ्य संस्थाहरू रहेका छन् । मोतीपुर र सेमलारमा स्वास्थ्य चौकी, नयाँ गाउँ र बुद्धनगरमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र बाँकी ठाउँमा सहरी स्वास्थ्य केन्द्र रहेका छन् ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँगाउँमा मेडिकल अफिसर, स्वास्थ्यकर्मीहरू र एक्स-रे, अल्ट्रा साउण्ड र मधुमेह परीक्षणको सुविधा समेत उपलब्ध छ । यी सबै स्वास्थ्य संस्थाहरूमा करिब ७५ प्रकारका औषधि निःशुल्क रूपमा वितरण हुँदै आएको छ । जनस्वास्थ्यको क्षेत्रमा मेडिकल अफिसरसहित ८१ जनाको जनशक्तिले सेवाप्रवाह गरिरहेको स्वास्थ्य शाखाका प्रमुख कल्पना भट्टराईले  बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप