बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्कन धरानका मेयरको अपिल

बुधबार, ०५ माघ २०७८, ०८ : २६
बुधबार, ०५ माघ २०७८

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले विश्वमा महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९)को तेस्रो भेरियन्ट पछिल्लो समय धरानमा पनि तीव्र गतिमा बढिरहेको जनाउँदै यसबाट बच्नका लागि सचेत र सजग रहन आम नगरवासीमा अपिल गरेका छन् ।

मेयर राईले आज मङ्गलबार एक अपिल जारी गरि नगरवासीमा कोरोना भाइरसको तेस्रो लहरबाट बच्न नगरवासीमा अपिल गर्नु भएको हो । मेयर राईले यदि कसैमा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएमा वा शङ्का लागेमा पिसिआर/एन्टिजेन विधिबाट परीक्षण गराउन पनि आग्रह गरेका छन् । 

‘अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख चिउँडो छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै साबुन पानीको प्रयोग गरि पटक–पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन पनि अनुरोध गर्दछु । सार्वजनिक स्थान र स्थलहरूमा भिडभाड नगर्न पनि अनुरोध गर्दछु’ मेयर राईद्वारा जारी अपिलमा उल्लेख छ । साथै, मेयर राईले नगरवासीमा कोभिड सम्बन्धी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । धरानमा मंगलबार मात्र १८७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप