शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५० लाख ठगीमा पक्राउ परेका पुनलाई काठमाडौँबाट दाङ ल्याइयो

बुधबार, ०५ माघ २०७८, ०७ : ०७
बुधबार, ०५ माघ २०७८

दाङ घोराहीका विकास पुनलाई प्रहरीले काठमाडौँबाट मंगलबार दाङ ल्याइपुर्‍याएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुनलाई जिल्ला ल्याइ कानुनी प्रक्रिया अनुसार अगाडी बढाएको बताए ।

कारसहित राजधानीको सुनधारा क्षेत्रबाट पक्राउ परेका पुनलाई उनकै कारबाट प्रहरीले जिल्ला ल्याएको हो । कपिलवस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनलाई सोमबार काठमाडौँमा पक्राउ गरेको थियो । घोराही उपमहानगरपालिका वडा नं. १५ का पुनका विरुद्ध कपिलवस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै उजुरी दिएका छन् । त्यही जाहेरीका आधारमा पुन पक्राउ परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप