हिमानी शाहलाई अमेरिकामा स्वागत
![हिमानी शाहलाई अमेरिकामा स्वागत](https://rpcdn.ratopati.com/media/albums/IMG_5126_a4708KkAb2.jpg)
अमेरिकामा बसोबास गर्ने नेपालीहरूले हिमानी शाहलाई अमेरिकामा स्वागत गरेका गरेका छन् । उनी मंगलबार अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डालस अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन् ।
हिमानी ट्रस्ट युएसएको कार्यक्रमका लागि अमेरिका आइपुगेको आयोजकहरूले जानकारी दिएका छन् । विमानस्थलमा ट्रस्टका पदाधिकारीहरूले उनलाई पुष्प गुच्छा तथा खादाले स्वागत गरेका थिए । विमानस्थल पुग्नेहरूमा ट्रस्टका अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, सामाजिक अभियन्ता अनिल पाण्डे , अरुण रुपाखेती, ट्रस्टका केन्द्रीय सदस्य मोहन निरौला,चर्चित समाचार वाचिका रमा सिंहलगायत थिए ।
गत जनवरी १७ मा आयोजित ट्रस्टको पत्रकार सम्मेलनमा हिमानी शाहको अमेरिका आधिकारिक बसाई करिब २ हप्ता हुने जानकारी दिइएको थियो । यस पटक उनी डिसी महानगर क्षेत्र तथा न्यूयोर्कमा हुने कार्यक्रममा सहभागी हुनेछिन् भने भर्जिनियामा जनवरी १८ बुधबार बिहान हिमानी ट्रस्ट युएसएको उद्घाटन कार्यक्रम राखिएको छ । बुधबार साँझ नै मेरिल्यान्ड राज्यमा उनी एक कार्यक्रममा सरिक हुनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह