ad
x

हिमानी शाहलाई अमेरिकामा स्वागत

person explore access_timeमाघ ५, २०७८ chat_bubble_outline0

अमेरिकामा बसोबास गर्ने नेपालीहरूले हिमानी शाहलाई अमेरिकामा स्वागत गरेका गरेका छन् । उनी मंगलबार अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डालस अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन् ।


हिमानी ट्रस्ट युएसएको कार्यक्रमका लागि अमेरिका आइपुगेको आयोजकहरूले जानकारी दिएका छन् । विमानस्थलमा ट्रस्टका पदाधिकारीहरूले उनलाई पुष्प गुच्छा तथा खादाले स्वागत गरेका थिए । विमानस्थल पुग्नेहरूमा ट्रस्टका अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, सामाजिक अभियन्ता अनिल पाण्डे , अरुण रुपाखेती, ट्रस्टका केन्द्रीय सदस्य मोहन निरौला,चर्चित समाचार वाचिका रमा सिंहलगायत थिए ।





गत जनवरी १७ मा आयोजित ट्रस्टको पत्रकार सम्मेलनमा हिमानी शाहको अमेरिका आधिकारिक बसाई करिब २ हप्ता हुने जानकारी दिइएको थियो । यस पटक उनी डिसी महानगर क्षेत्र तथा न्यूयोर्कमा हुने कार्यक्रममा सहभागी हुनेछिन् भने भर्जिनियामा जनवरी १८ बुधबार बिहान हिमानी ट्रस्ट युएसएको उद्घाटन कार्यक्रम राखिएको छ । बुधबार साँझ नै मेरिल्यान्ड राज्यमा उनी एक कार्यक्रममा सरिक हुनेछिन् । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X