शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तीन सय ५० पत्रकारले लगाए बुस्टर डोजको खोप

मङ्गलबार, ०४ माघ २०७८, २० : ३५
मङ्गलबार, ०४ माघ २०७८

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अन्तर्गत तीन सय ५० पत्रकारका साथै सदस्यहरुले बुस्टर डोजको खोप लगाएका छन् । सो शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा आज कोरोना बिरुद्धको तेस्रो खोप उक्त व्यक्तिलाई दिइएको हो । 

पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालय र लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पस परिसरमा सो शाखाका साथै हाल उपत्यकामा क्रियाशिल रुपमा पत्रकारिता गरिरहेका व्यक्तिलाई तेस्रो मात्राको खोप दिइएको शाखाका सचिव रामहरी कार्कीले बताए । उनले भने, “यस क्याम्पस परिसरमा यो खोप भोली र बिहीबार पनि दिइने छ ।” खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यस अघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य साथमा लिएर आउन कार्कीले आग्रह पनि गरे । सो खोप लगाउन बाँकी भएका पत्रकारलाई तोकिएको स्थानमा उपस्थित हुन कार्कीले पुनः अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप