मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ को सङ्क्रमणबाट हुने मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन्। बढ्दो कोरोना ग्राफ, खोपको अवस्था र कोरोना नियन्त्रणका लागि भइरहेको प्रयासबारे बुझ्न मधेस प्रदेशको राजधानी जनकपुर आइपुगेका स्वास्थ्यमन्त्री खतिवडाले आज मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतसँगको छलफलमा सो कुरा बताएका हुन् ।
कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गएपनि मधेस प्रदेशका जिल्लामा लक्ष्यअनुसार खोप कार्यक्रम अघि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री खतिवडाले सम्भावित कोरोना जोखिमलाई कम गर्न खोप कार्यक्रमलाई तीव्र पार्नुपर्ने बताए । ‘‘पुस मसान्तभित्र ६६ प्रतिशत जनतालाई खोप दिने सरकारको लक्ष्य थियो”, उनले भने, ‘‘तर मधेस प्रदेशको जिल्लामा खोप कार्यले तीव्रता लिन सकेको छैन । त्यसैले स्थानीय सरकारसँग समन्वय गरी खोप कार्यलाई तीव्रता दिनु जरुरी छ ।” खोपसँगै सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको परिपालना गराउन सबैले आआफ्नो तहबाट सहयोग गर्नुपर्ने मन्त्री खतिवडाको भनाइ थियो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोना महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षा रणनीति बनाइ अघि बढिरहेको बताए । कोभिड–१९ बाट जोगिने बिधि बारे जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी प्रदेशभरीका अस्पतालमा औषधि, अक्सिजनलगायत स्वास्थ्य सामग्री तयारी अस्पतालमा राखिएको उनले जानकारी दिए ।
भारतीय सीमा क्षेत्रमा हेल्थ स्थापनासँगै भारतबाट आउनेको सीमा नाकामै एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको जानकारी गराउनुहुँदै मुख्यमन्त्री राउतले विगतमा जस्तो मधेस प्रदेशको जिल्लाका अस्पतालमा बेड, अक्सिजनलगायत स्वास्थ्य सामग्रीको अभाव हुन नदिने गरी तयारी गरेको बताए ।
छलफलमा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले निरन्तरको प्रयास पश्चात बिगत केही दिनदेखि मधेस प्रदेशका जिल्लाहरुमा खोप लगाउनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिनुहुँदै पुसको अन्तिम सातासम्म मधेश प्रदेशमा खोप लगाउनेको सङ्ख्या ३४ प्रतिशत रहेकामा अहिले त्यो सङ्ख्या बढेर ४९ प्रतिशत पुगेको बताए ।
यसअघि आजै स्वास्थ्यमन्त्री खतिवडाले जनकपुरधामस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर आइसोलशन बेडको अवस्था, स्वास्थ्य सामग्रीको उपलब्धता र व्यवस्थापन तथा अक्सिजन प्लान्टकोे स्थितिबारे जानकारी लिनुभयो । उनले आजै महोत्तरीको जलेश्वरस्थित भारतीय सीमा नाकामा स्थापना भएको हेल्थ डेस्कको निरीक्षण गर्नुका साथै कोभिड जाँचको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास
-
स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प
-
प्रभावकारी बन्दै कर्णाली प्रदेश सभाः हिउँदे अधिवेशमै ७ ऐन निर्माण
-
आन्दोलनबारे पुनर्विचार गर्न शिक्षकहरुलाई संसदीय समितिको आग्रह
-
सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ