एक लाख ३६ हजारले पाए सवा दुई खर्ब सहुलियतपूर्ण कर्जा, ब्याज अनुदानमा मात्रै ११ अर्ब खर्च !
मंसिर मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमार्फत एक लाख ३६ हजार भन्दा बढी ऋणीहरुले सवा दुई खर्ब बराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ (तेस्रो संशोधनसहित) मंसिर मसान्तसम्म यस्तो कर्जा एक लाख ३६ हजार ७१३ ऋणीहरुले विभिन्न शीर्षकमा गरी कुल दुई खर्ब ११ अर्ब ८ करोड १२ लाख एक हजार रुपैयाँ लगेको बैंकले जनाएको हो ।
मंगलबार हालसम्मको सहुलियतपूर्ण कर्जा स्वीकृतिको विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले कुल दुई खर्ब ४१ अर्ब ८३ करोड सहुलियतपूर्ण कर्जा मध्ये दुई खर्ब ११ अर्ब ८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मार्फत स्वीकृत गरिसकिएको जानकारी दिएको छ । जसका लागि नेपाल सरकार (बैंक) ले हालसम्म ११ अर्ब १५ करोड ८० लाख भन्दा बढी रुपैयाँ ब्याज अनुदानमा नै खर्च गरिसकेको बैंकले बताएको छ ।
कुन शीर्षकमा कति कर्जा प्रवाह भयो ?
मुख्य गरी भिन्न भिन्न १० कर्जा शीर्षकका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बैंकले मंसिर मसान्तसम्म दुई खर्ब ११ अर्ब ८ करोड ऋण प्रवाह गरेको छ ।
जसमध्ये, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा विना धितो र धितोसहित गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मार्फत कुल एक खर्ब ३३ अर्ब १८ करोड ८३ लाख ३७ हजार स्वीकृत भएको जनाएको छ । जसमध्ये दुई अर्ब ५५ करोड ७५ लाख २१ हजार रुपैयाँ विना धितोमा र एक खर्ब ३० अर्ब ६३ करोड ८ लाख १६ हजार रुपैयाँ धितोमा कर्जा प्रवाह भएको छ ।
यस्तै, शिक्षित युवा स्वरोजगार कर्जा शीर्षकमा ६ करोड ३७ लाख ८८ हजार रुपैयाँ, विदेशबाट फर्केका युवा परियोजना कर्जामा ६४ करोड ७१ लाख ६ हजार रुपैयाँ, महिला उद्यमशील कर्जामा ७४ अर्ब २४ करोड ८८ लाख ६० हजार रुपैयाँ स्वीकृत गरेको छ ।
दलित समुदाय व्यवसाय विकास कर्जा शीर्षकमा ६३ करोड ६० लाख २३ हजार रुपैयाँ स्वीकृत गरेको बैंकले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जामा ३ करोड ३७ लाख ८२ हजार रुपैयाँ स्वीकृत गरेको जनाएको छ ।
यस्तै, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जामा ४ करोड २१ लाख ६१ हजार रुपैयाँ, कपडा उद्योग सञ्चालनका लागि दुई अर्ब २१ करोड ३० लाख ४९ हजार रुपैयाँ, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमका लागि ३ लाख १६ हजार रुपैयाँ र युवा वर्ग स्वरोजगार कर्जा शीर्षकमा मंसिर मसान्तसम्ममा ७७ लाख ७९ हजार रुपैयाँ स्वीकृत गरिसकिएको बताएको छ ।
यस्तो सहुलियतपूर्ण कर्जा ‘क’ वर्गको राष्ट्रिय स्तरका वाणिज्य बैंकहरुबाट एक खर्ब ८२ अर्ब ४२ करोड ८३ लाख ९४ हजार रुपैयाँ प्रवाह भएको छ भने, ‘ख’ वर्गको विकास बैंकहरुबाट २५ अर्ब ८२ करोड २० लाख २९ हजार रुपैयाँ, ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूबाट दुई अर्ब ७३ करोड ७३ लाख ९३ हजार रुपैयाँ र ‘घ’ वर्गका लघु वित्त कम्पनीहरूबाट ९ करोड ३३ लाख ८५ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्वीकृत गरिएको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर
-
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
-
सत्ता गठबन्धनका एमाले र कांग्रेस निकट कानुन व्यवसायी आमुन्ने सामुन्ने हुँदै