आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सर्लाहीमा बस पल्टिदा, १७ घाइते

मङ्गलबार, ०४ माघ २०७८, १७ : २६
मङ्गलबार, ०४ माघ २०७८

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सर्लाहीको हरिवनमा मंगलवार दिउँसो दुर्घटना हुँदा बसमा सवार रहेका १७ जना घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना.५ ख ५०५५ नम्बरको बस हरिवन नगरपालिका वडा नम्बर ९ स्थित नोचामा पल्टिएको थियो । सो बस राजमार्गबाट तल खसेको छ । घाइते भएका १७ मध्ये एकजना स्वास्थ्य अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

घाइतेहरुको हरिवन स्थित नमूना अस्पताललगायत अन्य विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको सर्लाही प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप