बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ६२६ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, ०४ माघ २०७८, १७ : ०१
मङ्गलबार, ०४ माघ २०७८

गण्डकी प्रदेशमा थप ६२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २३१ जनामा गरिएको परीक्षणमा ६२६ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये पीसीआर प्रविधिबाट ३६२ र एन्टिजिन परीक्षणबाट २६४ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएको छ । गत सोमबार प्रदेशका विभिन्न जिल्लामा ७० जना मात्र संक्रमित देखिएकोमा मंगलबार ११४, बुधबार १२१, बिहिबार १६५ शुक्रबार १८६,शनिबार २०६ आइतबार २१३,सोमबार ३७८ र आज मंगलबार ६२६ जनामा संक्रमण देखिएको हो। सोमबार र मंगलबारको तुलना गर्दा प्रदेशमा ६६ प्रतिशतले संक्रमण बृद्धि भएको छ ।

एक हप्ताको तथ्याङ्क हेर्दा प्रदेशमा कोरोना संक्रमण तीब्र गतिमा बृद्धि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये कास्कीको पोखरा रेडजोन बनेको छ । प्रदेशमा देखिएका ६२६ संक्रमितमध्ये कास्कीका मात्र ३४७ जना रहेका छन । त्यसैगरी लमजुङ ५०, तनहँु ४१, पर्वतमा ७, बागलुङ ३८, स्याङजा ६९, म्याग्दी २५, मुस्ताङ १,गोरखा २२ र नवलपरासी पूर्वमा २६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ९० हजार २९ पुगेको छ । 

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ ।
प्रदेशमा पछिल्लो चौविस घण्टामा थप १६ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार १०७ पुगेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ६२ हजार ८२ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा २ हजार १२० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १ हजार ६८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप