आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मधेश प्रदेशमा दुई सय जनामा परीक्षण गर्दा डेढ सयमा कोरोना पुष्टि

मङ्गलबार, ०४ माघ २०७८, १६ : ५९
मङ्गलबार, ०४ माघ २०७८

मधेश प्रदेशमा दुई सय जनामा नमुना परीक्षण गर्दा डेढ सय जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार मधेश प्रदेशमा २०२ जनामा परीक्षण गर्दा १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सप्तरी स्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १९ जनामा कोरोना संक्रमण परीक्षण हुँदा १० मा कोरोना पुष्टि भएको उल्लेख गरिएको छ । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ८३ जनाको परीक्षण हुँदा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  त्यस्तै नारायणी अस्पताल, वीरगंजमा ५१ जना मध्ये ३६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा गौर अस्पतालमा १४ जनामा परीक्षण हुँदा ५ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी सिरहा अस्पतालमा ५ जनाको परीक्षण हुँदा ३ जना, मलंगवा अस्पतालमा ३० जनामा परीक्षण गर्दा २१ जनामा  संक्रमण पुष्टि भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप