काठमाडौंमा मात्रै ४००४ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, ०४ माघ २०७८, १६ : २०

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ। आजको देशभरको तथ्यांक हेर्दा कोरोना संक्रमणदर ह्वात्तै बढेको देखिएको छ । परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार उल्टो बाटो हिँडिरहेको छ, धेरै जाला जस्तो देखिएन : वर्षमान पुन
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड
-
युवा संघमा भाँडभैलो, निर्णय सच्याउन चेतावनी
-
बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध
-
कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा
-
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ