२ विशेषसहित ६३ जिल्लामा यस्तो छ एमालेको नेतृत्व (सूचीसहित)
नेकपा (एमाले) ले भूगोलतर्फ ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ ।
गत पुस २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका जिल्ला अधिवेशनमध्ये पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा नेतृत्व चयन र समापन बाँकी रहेको छ । त्यस्तै धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरू कोभिड–१९ महामारीको सङ्क्रमणलाई ध्यानमा राखी तय गरिने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरू पनि पछि आयोजना गरिने एमालेले जनाएको छ । जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरूमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवेशनहरू पनि सम्पन्न भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नाउपाका २ मन्त्रीलाई ह्विप
-
डन–३ को सुटिङ लोकेसन हेर्न लन्डन पुगे फरहान अख्तर, अगष्टपछि छायाङ्कन सुरु हुने
-
फ्राईडे रिलिज : देशभर ‘मनसरा’
-
युरोपा लिग फुटबल : बायर लेभसकुसेनले रोमालाई उसैको मैदानमा हरायो
-
लोकसभा निर्वाचन : राहुल गान्धी रायबरेलीबाट र केएल शर्मा अमेठीबाट चुनाव लड्ने
-
बागमती प्रदेश : मन्त्री व्यवस्थापनमा सकस, मुख्यमन्त्री दोहोरो दबाबमा