शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा पनि उपलब्ध

मङ्गलबार, ०४ माघ २०७८, १४ : १८
मङ्गलबार, ०४ माघ २०७८

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा उपलब्ध भएको छ । लक्ष्मी ई मोबिलिटी लिमिटेडले नेपालमा यो स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको हो । काठमाडौंको टेकुस्थित शोरुमबाट यी स्कुटर बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने उद्देश्यले लक्ष्मी ग्रुपले इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको जनाएको छ । 

नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो एक पटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले बताएको छ । यी स्कुटरहरुले भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा कम्पनीले गरेको छ । 

नेपाली बजारमा हिरो इलेक्ट्रिकका चार मोडल उपलब्ध छन् ।  आगामी दिनमा अन्य मोडल क्रमशः उपलब्ध गराउने कम्पनीले जनाएको छ ।  लक्ष्मी ई मोबिलिटीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपका लागि आवेदन लिने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप