शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पञ्चेबाजा बजाउँदै’ मा सुधीर र करिश्मा

मङ्गलबार, ०४ माघ २०७८, १४ : ०४
मङ्गलबार, ०४ माघ २०७८

गायक तथा संगीतकार अनुप रेग्मीले नयाँ गीत ‘पञ्चेबाजा बजाउँदै’ ल्याएका छन् । गीतमा येदीन गजमेरले  शब्द तथा संगीत दिएका छन् ।

गीतको भिडियोमा मोडल सुधीर श्रेष्ठ र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । विवाहको माहौल क्रियट गरेर छायाङ्कन भएको भिडियो जुनी गजमेरले निर्माण गरेकी हुन् । गीत तथा भिडियोले दर्शक श्रोताको मन छुने विश्वस गीतकार येदीनले गरेका छन् ।

गायक रेग्मीले नै निर्देशन गरेको भिडियोमा पुष्कर सुनुवारको एरेन्ज, केशवराज भट्टको कोरियोग्राफी छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप