बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सम्बन्धविच्छेद मृत्युभन्दा बढी पीडादायी’, १२ वर्षपछि टुटेको विवाहबारे बोले ‘महाभारतका कृष्ण’

मङ्गलबार, ०४ माघ २०७८, १३ : १७
मङ्गलबार, ०४ माघ २०७८

टिभीको ऐतिहासिक श्रृङ्खला ‘महाभारत’ का अभिनेता नितिश भारद्वाजले १२ वर्षपछि श्रीमती स्मितासँग सम्बन्धविच्छेद गरेका छन् । स्मिता पेशागत रुपमा आइएएस अधिकारी हुन् । यी दुईको सम्बन्ध सन् २०१९ मा टुटेको थियो । उनीहरुका दुई छोरी छन् जो आमा स्मितासँग इन्दौरमा बसिरहेका छन् । एक अन्तरवार्तामा नितिशले श्रीमतीसँग अलग्गिएकोबारे खुलासा गरेका हुन् ।

 नितिश भारद्वाजको १२ वर्षको सम्बन्ध टुट्योः

बम्बे टाइम्ससँगको कुराकानीमा नितिश भारद्वाजले भने, ‘हो, मैले फ्यामिली कोर्टमा सम्बन्धविच्छेदका लागि सेप्टेम्बर सन् २०१९ मा फाइल गरेको थिएँ । हामी दुई किन अलग भयौँ भनेर जानकारी दिन म त्यो गहिराइसम्म जान चाहन्नँ । यतिबेला मुद्दा अदालतमा नै छ । म यतिमात्रै भन्न चाहन्छु कि सम्बन्धविच्छेद मृत्युभन्दा पनि पीडादायी हुन्छ, विशेषगरी त्यतिबेला जब तपाईं एक खालीपनमा बाँचिरहनुभएको हुन्छ ।’

विवाहको सम्बन्धमा नितिश भारद्वाजले भने, ‘म विवाहमा विश्वास राख्छु तर म यो मामिलामा भाग्यमानी भइनँ । वास्तवमा भन्ने हो भने विवाह टुट्नुका विभिन्न कारण हुन्छन् । कतिपटक तपाईं आफ्नो साथीको व्यवहारलाई स्वीकार गर्न सक्नुहुन्नँ त कहिलेकाँही माया–दयाको कमी हुन्छ । कहिले इगो अगाडि आउँछ त कहिलेकाँही सोच मिल्दैन । जब सम्बन्ध टुट्छ त्यतिबेला बच्चालाई सबैभन्दा बढी प्रभावित हुन्छन् । बच्चामाथि यो कुराको सबैभन्दा खराब असर पर्छ र यसको जिम्मेवार अभिभावक मात्रै हुन्छन् । ’

जुम्ल्याहा छोरीसँग कुराकानी हुन्छ ? यो प्रश्नको जवाफमा उनले भने, ‘म उनीहरुलाई भेट्न वा कुराकानी गर्न स्वतन्त्र छु कि छैन भन्नेबारे म कुराकानी गर्न चाहन्नँ ।’

सम्बन्ध टुटेको बारे कुराकानी गर्न स्मितासँग सम्पर्क गर्न खोज्दा उनले कुनै प्रतिक्रिया नदिएको एक भारतीय सञ्चार माध्यमले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप