ad
x

मधुसूदनको फिल्ममा भित्रिए आर्यन

person explore access_timeमाघ ४, २०७८ chat_bubble_outline0

अभिनेता आर्यन सिग्देलले नयाँ फिल्म साइन गरेका छन् । निर्देशक मधुसूदन भट्टराईले बनाउन लागेको नयाँ फिल्ममा उनी भित्रिएका हुन् । फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । ‘डेस्टिनेशन काठमाडौँ’, ‘ब्ल्याक’, ‘निर्भय’ जस्ता फिल्म निर्देशन गरेका भट्टराई र आर्यनबीच फिल्मको विषयमा सोमबार सम्झौता भएको छ । फिल्ममा आर्यन ‘लभर ब्वाई’ को भूमिका देखिने निर्देशक भट्टराईले बताए ।


आरआर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म  म्यूजिकल लभस्टोरी हुने बताइएको छ । फिल्ममा आर्यनको अपोजिटमा अभिनय गर्ने अभिनेत्री छनोट हुन भने बाँकी छ । ‘कास्ट एन्ड क्रियू’ फाइनल गरेर आउँदो बैशाखबाट फिल्मको छायाङ्कन सुरु गर्ने तयारी आफ्नो रहेको निर्देशक भट्टराईले बताए ।



आर्यनले पहिलो लकडाउनपछि फिल्म ‘डिसेम्बर फल्स’ अभिनय गरेका थिए । जसको छायाङ्कन अझै केही बाँकी छ । पछिल्लो समय केही फिल्म साइन गरेका आर्यनको कुनै फिल्म पनि फिल्मको छायाङ्कन सुरु हुन सकेको छैन । 













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।