चुनावको मिति तोक्न सत्तारुढ दलले आन्तरिक परामर्श गर्ने

काठमाडौँ । स्थानीय चुनावको मिति तोक्न सत्तारुढ दलले आ–आफ्ना पार्टीमा छलफल गर्ने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा गठबन्धनका सबै नेताहरू संविधान अनुसार नै निर्वाचन गर्नुपर्छ भन्नेमा सहमत भएपछि मितिका बारेमा आ आफ्ना दलहरूमा छलफल गरेर सरकारलाई सुझाव दिने र सोही अनुसार सरकारले मिति तोक्ने विषयमा सहमति भएको हो ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले मंगलबारको बैठकमा यही १२ गते हुने राष्ट्रिय सभा निर्वाचन र स्थानीय निर्वाचनबारे छलफल भएको बताए । उनले राष्ट्रिय सभाको निर्वाचन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर सम्पन्न गर्नुको विकल्प नभएकोमा सबै दल सहमत भएका छन् । ‘स्वास्थ्य मापदण्ड र दुरी कायम गरेर राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्छ भन्नेमा दुईमत रहेन’, गुरुङले बैठकमा भएको छलफलबारे भने, ‘कोरोनाको सङ्क्रमण भए पनि निर्वाचन गर्नुपर्छ भन्ने भएको छ ।’
त्यसैगरी स्थानीय निर्वाचनका सम्बन्धमा भएको छलफलमा संविधानअनुसार नै निर्वाचन हुनुपर्नेमा सबै दलले सहमति जनाएको तर मितिका बारेमा छलफल गरेर टुङ्गिने बताए । ‘चुनावको मिति तोक्ने काम मन्त्रिपरिषद्को हो । त्यो काम उसैले गर्छ । तर आयोगले पनि मिति सिफारिस गरेको छ । उसले आफ्नो ढंगले गरेको छ । त्यसलाई समेत मध्यनजर गरेर दलहरुबीचको छलफलपछि मिति फाइनल गर्न समितिले सुझाव दिन्छ’, बैठकपछि नेता गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना