संसद्को ‘डेडलक’ हट्छ भन्नेमा विश्वास छ : मन्त्री कार्की

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सुचारु गर्ने दायित्व सरकारको जति नै प्रमुख प्रतिपक्ष दलको पनि भएको बताएका छन् । मंगलबार सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री कार्कीले संसद् सुचारु गर्न सरकारको जति नै दायित्व प्रमुख प्रतिपक्षको पनि भएको बताएका हुन् ।
‘आज त्यस विषयमा छलफल त भएन तर संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय मिटिङ यहीँ केही समय अघि राख्नुभएको थियो’, मन्त्री कार्कीले भने, ‘त्यसमा प्रमुख प्रतिपक्षी दलको नेता उपस्थित हुनुभएन । त्यसपछि बारम्बार संसद्लाई सुचारु गर्नका निमित्त प्रयत्नहरू सरकारले गरिरहेको छ ।’
त्यसै सिलसिलामा आफूले समेत प्रमुख प्रतिपक्ष दलको नेतालाई भेट गरेको भन्दै उनले केही दिन अगाडि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दलको नेताको निवासमै गएर लामो वार्ता गरेको बताए । ‘संसद् सुचारु गर्ने दायित्व सरकारको जति छ त्यति नै दायित्व प्रमुख प्रतिपक्ष दलको पनि हुने हुनाले यो ‘डेडलक’ हट्छ भन्ने कुरामा सरकारलाई विश्वास छ’, मन्त्री कार्कीको विश्वास छ । सो क्रममा उनले स्थानीय तहको निर्वाचन संविधानअनुसार नै हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन नलगी घर फर्किँदैनौँ’
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन