कामना सेवा विकास बैंक बन्यो दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, नाफा घट्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, कामना सेवा विकास बैंक बनेको छ । बैंकले आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको हो । यद्यपि, अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकको नाफामा अधिकतम् ११.८९ प्रतिशतले गिरावट आएको छ ।
मंगलबार जारी रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्ष ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाउँदा यस वर्षको समीक्षा अवधिमा जम्मा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ मात्र कमाउन सकेको छ । बैंकले यस वर्ष गैर सञ्चालन आम्दानी खासै नगरेकाले खुद नाफा घटेको जनाएको छ ।
दोस्रो त्रैमासको अन्तसम्ममा बैंकको वितरणयोग्य नाफा ९ करोड ६७ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २७ करोड १९ लाख ६७ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा ४१.५१ प्रतिशतले बढेर ४९ करोड ९ लाख ७३ हजार रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०२ पैसा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार जना प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने