पानीमाथि पद्माशन गरेर नेपाली युवाले बनाए विश्व कीर्तिमान
पानीमाथि पद्‍माशन गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वर्ल्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन् ।
सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्रीले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।
त्यसक्रममा मन्त्री गहतराजले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन आग्रह गरे ।
सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर