शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

मङ्गलबार, ०४ माघ २०७८, १२ : १३
मङ्गलबार, ०४ माघ २०७८

रौतहटको बौधीमाई नगरपालिका–७ बाट प्रहरीले स्रोत नखुलेको नगद सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार स्थित मोतिहारी थाना घोडासहन घर भएका १९ वर्षीय यसराज जयसवाल छन् । 

सोमबार दिउँसो पक्राउ परेका जयसलवालको साथबाट स्रोत नखुलेको ३ लाख ६८ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए ।

भारतबाट नेपालतिर आउँदै गरेको बिआर–०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्दा सो रकम फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप