ad
x

हास्य सिरियल ‘अब जे होला होला’ ल्याउँदै उत्तम

person explore access_timeमाघ ४, २०७८ chat_bubble_outline0

कलाकार उत्तम केसीले नयाँ हास्य सिरियल ‘अब जे होला होला’ ल्याउने भएका छन् । केसीकै लेखन निर्देशनमा सिरियल आउन लागेको हो । सिरियलको श्रृखला निर्देशक उत्सव केसी रहेका छन् ।


सामाजिक विषयवस्तुलाई हास्य शैलीमा उतारिएको उक्त श्रृंखलामा उत्तम केसी, लक्ष्मण विक्रम बस्नेत, मुकुन्द मैनाली, गीता नेपाल, उत्सव केसी, शोभा भण्डारी, सुष्मिता श्रेष्ठ, प्रकाश विक्रम थापा, सन्देश राउत, विजय तिमिल्सिना, किरण केसी, गगन बास्तोला, संगिता श्रेष्ठ लगायत कलाकारको अभिनय देख्न सकिन्छ । 



ज्ञान कुमार कट्टेल यो श्रृंखलाका छायांकार हुन् भने प्रेम शर्मा पौडेल यसका सम्पादक हुन् । दुर्गा केसीद्वारा निर्मित यो श्रृंखलामा ओम सुनारको पृष्ठभूमि संगीत सुन्न सकिन्छ । सिरियल बुधवार ग्लोबल टिभी तथा चुईंचुईं पारेर यूट्युब च्यालनमा साँझ ७ ः३० बजेदेखि प्रसारण हुने निर्देशक केसीले बताए ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।