‘आत्मरक्षा’का लागि बेलायतले युक्रेनलाई हतियार पठाउँदै
रुसले सीमा क्षेत्रमा १ लाख सेना जम्मा गरेपछि बेलायतले युक्रेनलाई ‘आत्मरक्षा’ छोटो दुरीको एन्टी ट्यांक मिसाइल पठाउने भएको छ । रक्षा सचिव बेन वालेसले सांसदहरुलाई बेलायतले युक्रेनको सेनालाई प्रशिक्षण दिन बेलायती सेनाको सानो टुकडी पनि त्यहाँ जाने जानकारी दिएका हुन् ।
उनले भने, ‘रुसको सेनालाई आक्रमणका लागि प्रयोग गर्न सक्ने देखिएको छ । यो चिन्ताको विषय हो ।’ तर रुसले भने आक्रमणको कुनै पनि योजना नरहेको बताउँदै पश्चिमा मुलुकहरु आक्रामक बनिरहेको आरोप लगाएको छ । सन् २०१५ यता दर्जनौँ बेलायती सैनिकहहरु युक्रेनमा पुगेर त्यहाँका सैनिकहरुलाई प्रशिक्षण दिइसकेको छ । सन् २०१४ मा रुसले क्रिमियालाई गाभेपछि बेलायतले युक्रेनको पुनर्निमाणमा सहयोग गर्ने बताएको थियो ।
वालेसले रुसको ‘बढ्दो धम्कीपूर्ण व्यवहार’ बीच बेलायतले युक्रेनलाई थप सहयोग प्रदान गर्ने पनि जिकिर गरे । हतियारको पहिलो खेप सोमबार पठाइएको उनले जानकारी दिए पनि कस्तो प्रकारको हतियार पठाइयो भन्ने चाहिँ खुलाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह