अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु
मङ्गलबार, ०४ माघ २०७८, १० : ३०

अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश न्यू साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका छन् । अस्ट्रेलियामा कोभिडबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।
यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो ।
पछिल्लो एक सातामा अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । यो अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको १३ प्रतिशत हो । न्यू साउद वेल्समा मंगलबार एकै दिन २९ हजार ८३० जनामा संक्रमण देखिएको छ । अस्ट्रेलियाका अधिकांश अस्पताल कोभिड बिरामीले भरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?