
चुनाव सार्ने सोचाई गलत : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले सरकार र गठबन्धनले चुनाव सार्ने तयारी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । स्थानीय तहको चुनाव समयमा सम्पन्न गर्नुपर्ने थापाको भनाइ छ ।
'स्थानीय तहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीय तह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ, 'थापाले लेखेका छन्, 'प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्छ।'
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ