
उदयपुरमा फाराम भरेको भोलिपल्ट सवारी लाइसेन्सको पालो

देशको विभिन्न ठाउँमा सवारी अनुमतिपत्रका लागि अनलाईन फारम भर्दा परीक्षाका लागि महिनौँ समय समय लाग्ने गरेकोमा उदयपुरमा भने चार पाङ्ग्रे सवारी साधन र स्कुटरको भोली पल्ट नै पालो आउने गरेको छ ।
उदयपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चारपाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमतिपत्र, अनलाईन फारम भरेको भोली पल्ट नै परीक्षा हुने गरेको कार्यालय प्रमुख सुवास कार्कीले बताए ।
यहाँ सेवा भर्खरै सुरू भएकोले कतिपयले थाहा नपाएर अनलाईन फारम भर्नेको चाप कम रहेको छ । जसका कारण छिटो पालो आएको उनले बताए । सङ्ख्यात्मक रूपमा मोटरसाइकलका लागि फारम भर्नेको सङ्ख्या बढि रहेकोले दुई महिनासम्म लाग्ने गरेको छ । “चारपाङ्ग्रे र स्कुटरको अनलाईन फारम भरेको भोलिपल्ट नै पालो हुन्छ,” कार्यालय प्रमुख कार्कीले भने, “मोटरसाइकलको भने विस्तारै समय लम्बिदै गएको छ ।
अहिले मोटरसाइकलको दुई महिना लाग्न थालेको छ ।”उदयपुरमा छिटो हुने भएपछि टाढा–टाढाबाट समेत आउने गरेका छन् । गत कात्तिक २८ देखि कार्यालयले उदयपुरमा सुरू गरेको सवारी अनुमतिपत्रको परीक्षा प्रक्रियाले सर्वसाधारणलाई प्रभावकारी सेवा दिइरहेको छ । गोरखापत्रमा खबर छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ