ad
x

नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

person explore access_timeमाघ ४, २०७८ chat_bubble_outline0

महोत्तरीमा स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ परेको १२ घण्टा नबित्दै नक्कली नोटकै कारोबारमा संलग्नको आशंकामा फेरि दुई जना पक्राउ परेका छन् ।


नोटको साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र जनकपुर उपमहानगरपालिका(६ का मोजहिद रेजा  भिठ्ठामोड(जलेश्वरबाट पक्राउ परेका हुन् ।



भारतबाट नेपाल आउदै गरेको बा २१ च ६७६१ नम्बरको कार जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।



पक्राउ परेका दुबै जना नक्कली नोट कारोबारमा संलग्न हुनसक्ने आशंका प्रहरीको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट अगाडिपछाडि १(१  हजार राखेर र बीचमा खाली पेपर राखेको ५ बण्डल, ५ सयको नोटमा त्यसैगरी राखिएको ४९४ बण्डल जफत गरिएको छ । अन्य साइजमा कटिङ्ग गरिएको ठूलो कागज पनि जफत भएको छ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X