बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डा. बराललाई सम्मान तथा संगीतकार गुरुङलाई पुरस्कार

मङ्गलबार, ०४ माघ २०७८, ०८ : २०
मङ्गलबार, ०४ माघ २०७८

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । 

सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद राशि र ताम्रपत्र रहेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी बताए । 
सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम) र भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ) का साथै गोपाल पराजुली र डा. राजेन्द्र विमल सम्मानित भइसकेका छन् ।

यसै गरी ‘प्रतिभा पुरस्कार’बाट हालसम्म नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ र विमला तुम्खेवा पुरस्कृत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप