लमजुङमा आज ८ घण्टा विद्युत अवरुद्ध हुने
मङ्गलबार, ०४ माघ २०७८, ०८ : १३
लमजुङमा आज मंगलबार ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार विद्युत लाइन मर्मतका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।
लमजुङ वितरण केन्द्र अन्तर्गतको मर्स्याङ्दी-उदिपुर ३३ के.भि प्रशारण लाइनमा रहेका जीर्ण काठका पोल बदली तथा कण्डक्टर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले उदिपुर सवस्टेसनका ३३ के.भि तथा ११ के.भि फिडरबाट प्रशारण हुने विद्युत लाइनमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङले बताइन् ।
निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा तोकिएको समयावधि अगावै विद्युत लाइन संचालन गरिने नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै