
ज्वालामुखी विस्फोट : टोंगामा क्षतिको विवरण बुझ्न विमान पठाइयो

प्रशान्त महासागरमा पानीमुनि ज्वालामुखी विस्फोटनपछि सुनामीका कारण टापुराष्ट्र टोंगामा ठूलो क्षति भएको अनुमान गरिएको छ । तर, सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण सार्वजनिक हुन सकेको छैन ।
विस्फोटनले प्रशान्त क्षेत्रका टापुहरूलाई खरानीले ढाकेको र विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको प्रारम्भिक विवरणमा जनाइएको छ । ज्वालामुखीले पुर्याएको क्षतिको मूल्यांकनका लागि न्युजिल्यान्डले एउटा विमानसहितको टोली टोंगा तर्फ पठाएको छ ।
शनिवार राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको हुंगाटोंगा हुंगा आपाईमा विशाल विस्फोट भएको थियो । विस्फोटको आवाज अमेरिका र जापानसम्म सुनिएको थियो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ