मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आईएमई भर्सेस् नबिल : को भन्दा को कम ?

२७ वाणिज्य बैंक, कसको कुन स्थान ?
मङ्गलबार, ०४ माघ २०७८, ०७ : ३८
मङ्गलबार, ०४ माघ २०७८

पछिल्लो पटक नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एक्युजिसन (समाहित र प्राप्त) को सम्झौताले नेपाली बैंकिङ जगतमा फेरि एक पटक मर्जरको चर्चा चुलिएको छ । ५०/५० को साझेदारीमा समान हैसियतमा यी दुई वाणिज्य बैंक मर्जरमा जाने सम्झौता नभएपनि एकीकृत कारोबार गर्ने सम्झौताले भने नेपाली बैंकिङ क्षेत्रमा तरंग नै ल्याएको हो । 

दुई ठूला वाणिज्य बैंक एकआपसमा मर्जर हुँदै गर्दा यसले फेरि नेपाली वित्तीय क्षेत्रमा कस्तो खालको परिवर्तन ल्याउने हो निकै चासोका साथ हेरिएको छ । त्यसो त यसअघि पनि केही ठूला वाणिज्य बैंकबीच ‘बीग मर्जर’ वा गाभ्ने/गाभिने क्रिया नभएका होइनन् । आर्थिक वर्ष २०७६/७७ मा दुई ठूला वाणिज्य बैंक ग्लोबल आईएमई बैंक र तत्कालीन जनता बैंक मर्जर भएर एउटै ‘ग्लोबल आईएमई बैंक’ बनेको थियो । जुन बैंक अहिले २१ अर्ब माथिको चुक्ता पुँजीसहित वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा ठूलो बैंकको रूपमा स्थापित छ । 

यद्यपि, ठूलो पुँजीका साथ अग्रस्थानमा रहेको सोही ग्लोबल आईएमई बैंकलाई अहिले मर्जरमा जान लागेका वाणिज्य बैंकहरुले चुनौती दिइरहेका छन् । भलै, भर्खरै मात्र दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएसँगै यो संभावना क्षीण भएको छ ।

अब प्रश्न आउँछ, नबिल र बंगलादेश बैंकमा । यी दुई ठूला वाणिज्य बैंकहरू मर्जर हुँदै गर्दा अब नबिल बैंक कत्रो बनेर उदाउँछ त ? के अहिले ठूलो पुँजीका साथ पहिलो स्थानमा रहन सफल ग्लोबल आईएमई बैंकको स्थान नबिलले कब्जा गर्न सक्ला ? वा मर्जर पछिको नबिल बैंकको पोजिसन के हुन्छ ? 

तथ्यलाई हेरौं, 

ग्लोबल आईएमई भर्सेस नबिल
 

तुलनात्मक रुपमा मर्जरपछि पनि ठूलो बैंकको रुपमा ग्लोबल आईएमई बैंक नै पहिलो नम्बरमा रहने तथ्यले देखाउँछ । मर्जरपछिको नबिल बैंकको प्राथमिक पुँजी ४३ अर्ब हुने भएपनि चुक्ता पुँजी २२ अर्ब ७३ करोड मात्र पुग्नेछ । तर यता ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी (लाभांश वितरणपछि) २३ अर्ब ७९ करोड पुगेको छ । यसले अझै वाणिज्य बैंकहरुको पहिलो स्थान ग्लोबल आईएमईले नै ओगट्ने निश्चित जस्तै छ । 

तर, यता मर्जर प्रक्रियामा नै रहेका दुई ठूला वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया नभाँडिएको भए ग्लोबल आईएमई बैंकको सो स्थान मर्जरपछिको बैंकले खोस्न सक्थ्यो । 

१६ अर्ब २६ करोडको चुक्ता पुँजी भएको इन्भेष्टमेन्ट बैंक र १० अर्ब ६८ करोड चुक्ता पुँजी भएको हिमालयन बैंक एकापसमा मर्जर हुँदा कुल २६ अर्ब ९४ करोड चुक्ता पुँजी पुग्थ्यो । यो नै वाणिज्य बैंकमा हालसम्मकै ठूलो पुँजी भएको वृहत बैंक बन्थ्यो । तर त्यसो हुन सकेन । 

मर्जरका लागि भएको लामो प्रयासमा हिमालयन बैंकका सेयरधनीहरु तयार नहुँदा अन्तिम समयमा आएर दुई ठूला वाणिज्य बैंकबीचको मर्जर प्रक्रिया भाँडिन पुगेको थियो । जसले मर्जरका लागि निरन्तर दबाब दिँदै आएको राष्ट्र बैंकसमेत यी दुबै बैंकसँग आक्रोशित बन्न पुगेको छ । राष्ट्र बैंकले यी दुबै बैंकलाई मर्जरसम्बन्धि नियमावली, २०७१ अनुसार कारबाही हुने बताइसकेको छ ।

मर्जर भाँडिएको इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको वस्तुस्थिति

तर, यस्तै घटना मर्जरका लागि तयार भएका नबिल र नेपाल बंगलादेश बैंकको सवालमा पनि नघट्ला भन्न सकिन्न । १०० ः ४३ स्वाप रेसियोमा फिक्स भएको दुई बैंकबीचको एक्युजिसन प्रक्रिया हाल नेपाल बंगलादेश बैंकसँग भएको बंगलादेशी बैंक आईएफआईसीको ४१ प्रतिशत सेयर घाँडो बन्न पनि सक्छ । यद्यपि, उक्त सेयर चौधरी ग्रुपले नै किन्ने सहमतिपश्चात एक्युजिसनमा जान दुबै बैंक तयार भएको भनिएको छ । मर्जरमा समस्या नआए वा यी दुई वाणिज्य बैंकको मर्जर सफल भए अहिलेको वस्तुस्थिति अनुसार दोस्रो बैंकको रुपमा नबिल बैंक उदाउने पक्कापक्की छ । 

नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जर भएपछि हुने वित्तीय आकार

पहिलोमा ग्लोबल आईएमई बैंक, दोस्रोमा नबिल बैंक उदाएसँगै अन्य तेस्रो, चौथो स्थानमा कुन बैंक रहलान् । वा अन्य बैंकहरुको स्थान कहाँ कहाँ रहला त ?

आर्थिक वर्ष २०७७/७८ अनुसार चुक्ता पुँजीका आधारमा कुन बैंकको के छ पोजिसन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप