शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आजः उत्तरी धुव्रमा हिँड्ने नर्वेका अन्वेषक

मङ्गलबार, ०४ माघ २०७८, ०७ : २१
मङ्गलबार, ०४ माघ २०७८

आज १८जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

सेरालियोनको युद्ध समाप्त
विश्व इतिहासमा आज सियरा लियोनको गृह युद्ध अन्त्य भएको थियो । सन् २००२ को १८ जनवरीमा ११ वर्ष लामो युद्ध अन्त्य भएको थियो । एक दशकभन्दा लामो सो युद्धका कारण ५० हजारको मृत्यु भएको भएको थियो भने लाखौं विस्थापित भएका थिए ।

पेरिस शान्ति सम्मेलन
सन् १९१९ को १८ जनवरीमा पेरिस शान्ति सम्मेलन सुरु भएको थियो । पहिलो विश्वयुद्धपछि उत्पन्न अस्थिरता र द्वन्द्वको आलो घाउबीच  फ्रान्सको राजधानी पेरिसमा सम्मेलन भएको थियो । सम्मेलनपछि भर्सेल्स सन्धीमा हस्ताक्षर भएको थियो ।

उत्तरी धुव्रमा हिँड्ने नर्वेका अन्वेषक
सन् १९९७ मा नर्वेका ध्रुवीय अन्वेषक बोर्ग आउसल्यान्ड कसैको सहयोगबिना एक्लै अन्टार्कटिकामा हिँडेका थिए । बोर्गले पृथ्वीकै सबैभन्दा उत्तरी महादेशमा तीन हजार किलोमिटर हिँडेर रेकर्ड कायम गरेका थिए ।

मार्टिन लुथर किङ दिवस
सन् १९८६ को १८ जनवरीदेखि अमेरिकामा मार्टिन लुथर किङ दिवस मनाउन सुरु भएको थियो । यस दिन सार्वजनिक बिदा दिइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप