
सत्तारूढ गठबन्धनको बैठक बस्दै

सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो ।
सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । अध्यक्ष प्रचण्डसहित नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्न सकेको थिएन ।
आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, संसद्को गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सोमबार दुई नेताबीचको भेटवार्तामा पनि स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको थियो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न दुवै नेता सहमत भएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ