कस्तो रहनेछ आजको मौसम ?
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
यता बुधबार पनि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यस्तै बिहीबार देशभर आंशिक देखी सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका थोरै-थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २८ लाई ‘राष्ट्रिय मोही दिवस’ को रूपमा मनाउने घोषणा
-
सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु
-
बारमा बहुमतका लागि राप्रपा निर्णायक, विजयीहरु को कुन दलका ?
-
पूर्व डीआईजी छविलाल जोशी केहीदिन अस्पताल बस्ने
-
५ वर्षको प्रेम सम्बन्ध टुटेपछि प्रेमिकालाई ब्ल्याकमेल, प्रेमीको साथी पक्राउ
-
मिलोमतोमा स्थानीय तहलाई स-सर्त अनुदान वितरणमा माओवादी केन्द्रको ध्यानाकर्षण