बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश नामाकरण भएपछि एमाले नेताले भने– नामको पछाडिको उद्देश्य के छ ?

सोमबार, ०३ माघ २०७८, २२ : ५७
सोमबार, ०३ माघ २०७८

नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले यसबेला राष्ट्रिय एकता, भौगोलिक अखण्डता र स्वाभिमान मुख्य कुरा भएको बताएका छन् । प्रदेश नम्बर २ को नाम मधेश नामकरण भएलगत्तै नेता गैरेले प्रदेशको नाम के पास भयो त्यो ठूलो नभई उक्त नामको पछाडिको उद्देश्य के छ भन्दै प्रश्न गरेका छन् ।

नेता गैरेले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन् ः ‘प्रदेशको नाम के पास भयो ठूलो कुरा होइन, मुख्य कुरा नामका पछाडिको निहित उद्देश्य के छ भन्ने हो ? राष्ट्रिय एकता, भौगोलिक, अखण्डता र स्वाभिमान मुख्य हुनेछ ।’  

प्रदेश २ को नाम र राजधानी सोमबार टुङ्गो लागेको छ । प्रदेशसभामा भएको मतदान प्रक्रियाबाट यसको टुङ्गो लागेको हो । प्रदेशको राजधानी जनकपुर धाम तय भएको छ भने प्रदेशको नाम मधेस प्रदेश राखिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप