नारी शक्तिलाई कमजोर नठान्न गायिका समीक्षाको चेतावनी !
गायिका समीक्षा अधिकारीले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उक्त चेतावनी दिएकी हुन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना .माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले अगाडि लेखेकी छन्, ‘त्यसै नारीलाई कमजोर नसोच्दा पनि हुन्छ ।’ उनले नारी दुर्गाको रुपमा माया ममता दिन पनि सक्ने र परेको बेला महाकाली जस्तो रुप लिएर सर्वनाश गर्न सक्ने चेतावनी समेत दिएकी छन् ।
समीक्षा केही अगाडिसम्म पल शाहसँग अन्तरंग सम्बन्धको कारण चर्चा थिइन् । मिडियाले पलसँग जोडेर उनका बिभिन्न समाचार बनाएका थिए । समाचारका कारण उनी मिडियाबाट भाग्नेदेखि टाढा रहनेसम्म गरेकी थिइन् । तर पलसँग जोडिएर आउने समाचार र गसिफ नरोकिएपछि उनले फेसबुकमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै पल र आफूबीच कुनै अन्तरंग सम्बन्ध नरहेको जनाएकी थिइन् । सो समय उनले स्रोत र प्रमाण बिनाका समाचारले आफू र आफ्नो परिवारलाई दुःखी बनाएको समेत बताएकी थिइन् । उनको स्पष्टीकरण पछि पल र उनको बीच जोडिएर आउने समाचारमा पूर्णविराम लागेको थियो ।]
अहिले उनले फेरि सार्वजनिक गरेको चेतावनी पूर्ण स्टाटसलाई बिभिन्न व्यक्तिले धेरै कोणबाट हेर्न थालेका छन् । उनले आफ्नो चेतावनी कसलाई हो भन्ने स्पष्ट खुलाएकी छैनन् । त्यसैले कतिले यो चेतावनी पलसँग जोडिएर आएको समाचारलाई भनेका छन् भने कतिले घुमाउरो रुपमा पललाई चेतावनी दिएको हुनसक्ने बताउँछन् । उनको यो स्टाटसले सेलाइसकेको पलसँगको गसिपलाई पुन बल पुग्ने अनुमान देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण