शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘व्यवसायिक सुरक्षा गर्न सुनचाँदी व्यवसायी एक जुट हुनुपर्ने’

सोमबार, ०३ माघ २०७८, २१ : ५७
सोमबार, ०३ माघ २०७८

सुनचाँदी व्यवसायीहरुले व्यवसायिक सुरक्षाका लागि व्यवसायी एकजुट हुने भएका छन् । उनीहरूले पेसागत एक्यबद्धता नभएसम्म व्यवसायिक सुरक्षा प्रदान नहुने भएकाले एकजुट हुने भएका हुन् ।

आफ्नो व्यवसायिक सुरक्षाका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ एकजुट हुने भएका हुन् । रत्न तथा भुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आज आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो आवश्यक्ता औल्याएका हुन् ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले व्यवसायीहरु एकजुट भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा र चुनौतीहरूलाई पनि सहजै चिर्न सकिने बताए । यस्तै, रत्न तथा आभूषण ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेशमान शाक्यले सबै सुनचाँदी व्यवसायीका मुद्धा एउटै भएकोले सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप