मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

४ जना पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने मोटरसाइकल चालक पक्राउ

सोमबार, ०३ माघ २०७८, २१ : ४४
सोमबार, ०३ माघ २०७८

चार जना पैदलयात्रीलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको छ ।

सोमबार दिउँसो बर्दियाको गुलरिया नगरपालिका–१ खैरापुरमा भे.१० प ९०५४ नम्बरको मोटरसाइकलका चालक ३२ वर्षीय आकाश पन्तले पैदल यात्रीलाई ठक्कर दिएर भागेका थिए । उनलाई भाग्दै गरेको अवस्थामा मधुवन नगरपालिका–४ स्थित बनशक्तीबाट पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्री सामान्य घाइते भएका छन् । चालक गैरजिम्मेवार तरिकाले भागेको हुनाले उनलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा चलाइएको एसपी कार्कीले बताए । आरोपी पन्त गुलरिया नगरपालिका–५ का स्थानीय हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप