बैंक तथा वित्तीय संस्थाहरुले सीएसआरको ६० प्रतिशत पैसा आर्थिक वर्षभित्रै खर्च गर्नुपर्ने
बैंक तथा वित्तीय संस्थाहरुले अब राष्ट्र बैंकले तोकेको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको कोषको पैसा आर्थिक वर्ष भित्र नै ६० प्रतिशत खर्च गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सोमबार ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०७८’ को मस्यौदा जारी गर्दै ऐनमा नै यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिएको हो ।
राष्ट्र बैंकद्धारा जारी मस्यौंदा अनुसार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु र एक मात्र पूर्वधार विकास बैंकले समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा थप क्रियाशील हुन हरेक आर्थिक वर्षको खुद मुनाफाको नेपाल राष्ट्र बैंकले तोकेको प्रतिशतले हुन आउने रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा अनिवार्य जम्मा गर्नुपर्ने र त्यस्तो कोषको पैसा तोकिएका सामाजिक कार्यमा आर्थिक वर्ष भित्रै कम्तिमा ६० प्रतिशत खर्च गर्नुपर्नेछ ।
बाँकी ४० प्रतिशत रकम भने कारणवश आर्थिक वर्षमा हुन नसके आगामी आर्थिक वर्षमा खर्च गर्न सकिने व्यवस्था बैंकले मस्यांैदामा राखेको छ । साथै, सोही मस्यौंदामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले चाहेमा सञ्चालक समितिको निर्णयले राष्ट्र बैंकले तोकेको प्रतिशत भन्दा पनि बढी सीएसआरमा खर्च गर्न सक्ने जनाएको छ ।
सीएसआर सम्बन्धी प्रारम्भिक मस्यौंदा जारी गरेको बैंकले उक्त मस्यौदा ठिक छ छैन वा के कस्तो सुधार गर्न पर्ने हो बैंक तथा वित्तीय संस्थाहरुसँगै सुझाव मागेको छ । मस्यौंदा जारी मितिबाट ३५ दिनभित्र लिखित रुपमा नै सुझाव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले आग्रह गरेको छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक नाफाको १ प्रतिशत रकम अनिवार्य रुपमा सीएसआरमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट