शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा ६१७ मा सङ्क्रमण पुष्टि

सोमबार, ०३ माघ २०७८, २० : ४३
सोमबार, ०३ माघ २०७८

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८८९ जनाको पिसिआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा चार, इलाम, सोलुखुम्बु र भोजपुरमा दुई/दुई, उदयपुरमा एक र प्रदेशबाहिरका ३८ जनामा सङ्क्रमण भएको हो ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १९१, सुन्दरहरैचामा नौ, उर्लाबारीमा सात, बूढीगङ्गामा तीन, मिक्लाजुङ, कटहरी र कानेपोखरी दुई/दुई, बेलबारी, रङ्गेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा एक/एक  र स्थानीय तह नखुलेका छ, सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा र स्थानीय तह नखुलेका सात/सात, रामधुनीमा तीन, बराहक्षेत्र र बर्जुमा दुई/दुई, गढी, भोक्राहानरसिंह र देवानगञ्ज एक/एकमा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी, झापाको विर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर र बुद्धशान्तिमा नौ/नौ, अर्जुनधारामा पाँच, शिवसताक्षीमा चार, कमल गाउँपालिकामा तीन, बाहृदशी र कचनकवलमा दुई/दुई, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा एक/एक, धनकुटाको धनकुटा नगरपालिकामा चार, इलामको चुलाचुली र मांसेबुङमा एक/एक, सोलुखुम्बुको सोलुदूधकुण्ड र नेचा सल्यानमा एक/एक भोजपुरको भोजपुर नगरपालिकामा दुई, उदयपुरको त्रियुगामा एक र प्रदेशबाहिरका ३८ जनामा सङ्क्रमण  पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज आठ महिलासहित १८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई पुरुषको मृत्यु भएको छ । यस्तै, सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार १८१ रहेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप