पर्वतमा सवारी दुर्घटना, एक जनाको मृत्यु
पर्वतमा यात्रुबाहक बस र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । आज साँझ बागलुङबाट पोखरा तर्फ आउँदै गरेको ग २ ख १०१३ नम्बरको बस र विपरित दिशाबाट पर्वत तर्फ जाँदै गरेको ग ६ प ५५७३ नम्वरको मोटरसाईकल मोदी गाउँपालिका अन्तरगत पर्ने मध्यपहाडी राजमार्गको आम्वोटमा एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पर्वतको महाशीला गाउँपालिका –२ भोक्सिङका ३८ वर्षीय मोटरसाईकल चालक प्रितम गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । प्रहरी निरिक्षक अधिकारीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा पर्वत जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
दुवै सवारीका साधन तीब्र गतिमा भएका कारण ठोकिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान