बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दराजको नयाँ ब्राण्ड लोगो सार्वजनिक

सोमबार, ०३ माघ २०७८, २० : ३१
सोमबार, ०३ माघ २०७८

दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आज आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ । दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् । 

“ब्रान्डको नयाँ रूप र अनुभूतिले अझै पनि हाम्रो डिएनए – प्रगति, नवीनता, अन्वेषण, र आविष्कारको अंश रहेको तत्वहरूलाई प्रतिनिधित्व गर्दछ। एकै समयमा, यसले व्यक्तिगत अनुभवमा परिवर्तनको सङ्केत गर्छ जसले हामीलाई हाम्रो प्लेटफर्ममा खरिदकर्ता र बिक्रेता दुवैसँग अझ बढी कनेक्टिभिटी सिर्जना गर्न अनुमति दिनेछ“ मिक्केलसनले भने।

दक्षिण एसियाका पाँचवटा बजारहरू – पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा इ–कमर्सलाई मानिसहरूको दैनिक जीवनको मुख्य भाग बनाउने दराजको महत्वाकांक्षा यो नयाँ ब्रान्डको मुख्य चालकहरू मध्ये एक हो।
ब्रान्ड रिफ्रेसको एक भागको रूपमा, कम्पनीले आफ्ना सबै ब्रान्डहरूलाई समग्र दराज ब्रान्ड अन्तर्गत ग्राहकहरूको अनुभवलाई सरल बनाउनको लागि एकीकरण गर्दैछ। दराजले एउटा नयाँ वेबसाइट दराज डटकम पनि सुरु गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप