बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकी प्रदेश भित्र ३० वटा ‘होमस्टे परियोजना’का लागि छनोट, एउटाले १० लाख पाउने

सोमबार, ०३ माघ २०७८, १८ : २८
सोमबार, ०३ माघ २०७८

गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रदेश भित्रका ३० वटा होमस्टेलाई होमस्टे परियोजनाका लागि छनोट गरेको छ । प्रदेश भित्रका कुल ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेर पठाएकोमा आइतबार प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको हो । 

छनोटमा परेका ३० वटा होमस्टेलाई प्रति होमस्टे १० लाखका दरले नगद अनुदान उपलब्ध गराउन समेत प्रदेश मन्त्रिपरिषद्ले पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । यीमध्ये दुई वटा होमस्टेलाई भने प्रदेश सरकारले एउटालाई ७ लाख ८४ हजार र ९ लाख ९८ हजार मात्र उपलब्ध गराउन मन्त्रालयलाई भनेको छ । 

छनोटमा परेका र स्वीकृत भएका होमस्टेहरूलाई सो जानकारी गराई होमस्टेहरूसँग स्वीकृत परियोजना र बजेटको परिधिभित्र रही सम्झौता गरी कार्यक्रम कार्यान्वयन गर्न र निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्न समेत प्रदेश सरकारले मन्त्रालयलाई भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप