शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किसान लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिने

सोमबार, ०३ माघ २०७८, १७ : ३१
सोमबार, ०३ माघ २०७८

किसान लघुवित्त वित्तिय संस्थाले आफ्ना लगानीकर्तालाई गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

लघुवित्तको ७७ औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने प्रस्ताव गरेको जानकारी दिएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँको २५ प्रतिशले हुन आउने ९ करोड ८२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।

सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै वितरण हुने छ । यस्तै, बोनस वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृती समेत चाहिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप