शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच महिनामा विदेशबाट ५ करोडको कन्डम भित्रियो

सोमबार, ०३ माघ २०७८, १७ : १९
सोमबार, ०३ माघ २०७८

चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा पाँच करोड रुपैयाँभन्दा बढीको कन्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा विदेशबाट ५ करोड ३२ लाख रुपैयाँको कन्डम भित्रिएको हो ।

साउनदेखि मंसिर महिनासम्ममा २ करोड ७९ लाख ५ हजार वटा कन्डम भित्रिएको विभागले जनाएको छ । विश्वका सात वटा मुलुकबाट नेपालमा कन्डम आयात हुने गरेको छ । भारत, चीन, कोरिया, मलेसिया, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।

जसमध्ये सबैभन्दा धेरै भारतबाट मात्रै ४ करोड २८ लाख ७५ हजार रुपैयाँको कन्डम आयात भएको छ । यसपछि कोरियाबाट ३२ लाखको, मलेसियाबाट २८ लाखको, थाइल्याण्डबाट २७ लाखको र चीनबाट १५ लाख रुपैयाँका कन्डम आयात भएको तथ्यांकमा देखिएको छ ।

यसबाहेक, अमेरिका र संयुक्त अरब इमिरेट्सबाट नगन्य मात्रामा मात्रै कन्डम भित्रिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा विदेशबाट नेपालले २४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको ६० करोड १० लाख वटा कन्डम आयात भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप