पाँच महिनामा विदेशबाट ५ करोडको कन्डम भित्रियो
चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा पाँच करोड रुपैयाँभन्दा बढीको कन्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा विदेशबाट ५ करोड ३२ लाख रुपैयाँको कन्डम भित्रिएको हो ।
साउनदेखि मंसिर महिनासम्ममा २ करोड ७९ लाख ५ हजार वटा कन्डम भित्रिएको विभागले जनाएको छ । विश्वका सात वटा मुलुकबाट नेपालमा कन्डम आयात हुने गरेको छ । भारत, चीन, कोरिया, मलेसिया, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।
जसमध्ये सबैभन्दा धेरै भारतबाट मात्रै ४ करोड २८ लाख ७५ हजार रुपैयाँको कन्डम आयात भएको छ । यसपछि कोरियाबाट ३२ लाखको, मलेसियाबाट २८ लाखको, थाइल्याण्डबाट २७ लाखको र चीनबाट १५ लाख रुपैयाँका कन्डम आयात भएको तथ्यांकमा देखिएको छ ।
यसबाहेक, अमेरिका र संयुक्त अरब इमिरेट्सबाट नगन्य मात्रामा मात्रै कन्डम भित्रिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा विदेशबाट नेपालले २४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको ६० करोड १० लाख वटा कन्डम आयात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण