
प्रदेश २ को नामकरणका लागि मतदान

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै प्रदेशको नामकरणका लागि मतदान सुरु भएको छ । प्रदेशको नाम सम्बन्धमा प्रदेशसभा सदस्य भरतप्रसाद साह र शैलेन्द्र यादव प्रस्तावक रहेको ‘मधेस’ प्रस्तावमाथि मतदान सुरु भएको हो । प्रदेशसभा सदस्य डिम्पल झा अस्वस्थ रहेका कारण सभामुखले उनलाई मतदानमा प्राथमिकता दिएका थिए । सोही अनुसार मधेस प्रदेशको पक्षमा सबैभन्दा पहिला उनले मतदान गरिन् ।
प्रदेशको नामकरणका लागि दुई तिहाई मत आवश्यक पर्दछ । प्रदेशसभामा १ सय ४ जना सदस्य छन् । प्रदेशको नाम पारित गर्न कम्तीमा ७० मत आवश्यक पर्छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ