
भूकम्पले भत्काएको सिंहदरबारको ग्यालेरी बैठक भवन पुनर्निर्माण गर्ने निर्णय

शहरी विकास मन्त्रालयले सिंहदरबार स्थित ग्यालेरी बैठक भवनको पुनर्निर्माण गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएको यो भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपेक्षामा परेको थियो ।
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले बि.सं. १९६५ सालमा सिंहदरबार बनाउँदा ग्यालेरी बैठक भवनपनि बनाएका थिए । २००४ सालदेखि भारदारीसभा बैठक सुरु भएको र प्रजातन्त्रपछि नेपालको पहिलो संसद भवनको रुपमा रहेको उक्त भवन भूकम्प गएको झन्डै ७ वर्षपछि पुनर्निर्माण हुने भएको हो । सोमबार शहरी विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सिंहदरबारको ग्यालेरी बैठक भवनको क्षतिको अवस्थाको जाँच भइसकेको र पुनर्निर्माण गर्ने निर्णय भएको जानकारी दिइएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ