उच्च अदालत वीरगञ्जका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण, सेवामा संकुचन
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । न्यायाधीशसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि सेवामा संकुचन कायम गरिएको रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताए ।
रजिष्ट्रार सिंहकाअनुसार उच्च अदालत जनकपुर मातहतको वीरगञ्ज इजलासका न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंह, उपरजिष्ट्रार केशवप्रसाद पौडेलसहित २३ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बासमेत रहेका छन् ।
कुल ८६ जना कर्मचारी रहेको उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि अत्यावश्यकबाहेक सेवा रोकिएको छ । बन्दी प्रत्यक्षीकरण, बयान लगायतका अत्यावश्यक सेवा बाहेक अन्य नियमित सेवामा संकुचन ल्याइएको रजिष्ट्रार सिंहले बताए ।
आइतबार मात्रै सर्वोच्च अदालतका न्यायाधीशसहित २४ जनामा संक्रमण पुष्टी भएको थियो । सोमबारसम्म सर्वोच्च अदालतका थप ३ जनामा संक्रमण देखिएको छ । देशभरका अदालतहरूमा एकसय जनाभन्दा धेरैमा संक्रमण देखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण