नेप्से सूचक साढे २९ सय अंकमा, ७ अर्ब ९० करोडको कारोबार
सोमबार, ०३ माघ २०७८, १६ : २५
सेयर बजार परिसूचक नेप्सेमा सोमबार थप २० अंकको सुधार आएको छ । गत आइतबार एकैदिन अधिकतम ६९ अंकले बढेर २९ सय २६.७४ विन्दुमा उक्लिएको नेप्सेमा सोमबार थप २०.६४ अंक थपिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०.६४ अंकले बढेर २९ सय ४७.३८ विन्दुमा पुगेको छ । थप २० अंकले नेप्से बढिराख्दा यस दिन ७ अर्ब ९० करोड १८ लाखको कारोबार भएको छ ।
लगातार बढ्दो क्रममा रहेको मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । अर्थात् यस कम्पनीका लगानीकर्ताहरूले आज पनि १० प्रतिशतले कमाएका छन् भने यस एनएमबी डिभेन्चरका लगानीकर्ताहरूले अधिकतम् ३.९५ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण